सेञ्चुरी कर्मसियल बैंकले सात प्रतिशत लाभांस वितरण गर्ने
नेपालखोज
२०७७ मंसिर २९ गते १६:००

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले सात प्रतिशत लाभांंस बितरण गर्ने घोषणा गरेको छ । बैंकले कुुल चुक्ता पुंजी आठ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँ मध्येबाट पाँच दसमलव २५ प्रतिशत अर्थात ४५ करोड ६ लाख ४८ हजार पाँच सय दुुई रुपैयाँ बराबरको बोनस सेयर लाभांस बितरणको घोषणा गरेको हो ।
यो कुुल चुक्ता पुंजीको दुई दसमलव २५ प्रतिशतले हुुन आउने १९ करोड ३१ लाख ३५ हजार ७२ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्नेछ ।
लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको सोमबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
सम्बन्धित
प्रतिक्रिया