बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष
नेपालखोज
२०७७ पुष १ गते ११:०७

लन्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।
हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्याए । ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किए ।
निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे ।
सम्बन्धित
प्रतिक्रिया