बुधबार, वैशाख १०, २०८२

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ पुष १ गते १३:४१

काठमाडौं । कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका(१२ र पोखरा(१ का एकरएकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा १२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

प्रतिक्रिया