बुधबार, वैशाख १०, २०८२

नेपालमा ९७५७ जना कोरोनाका सक्रिय संक्रमित

नेपालखोज २०७७ पुष १ गते १७:०३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारन आज थप ७ सय ३६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ५० हजार नौ सय १६ पुगेको छ । नेपालमा हाल नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म क्‍वारेन्टिनमा ४५२ जना छन् भने ९ हजार ७ सय ५७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४७ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा दुई लाख ३८ हजार पाँच सय सय ६९ जना डिस्चार्ज भएको छ । यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज थप १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको छ ।

प्रतिक्रिया