नेप्से सुचक एवं कारोवार रकम दुबै घटे, लघुबित्त बाहेक सबै सुचक रातै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक कार्यान्वयनको क्रममा बुधबार परिपत्र जारी गरी सेयर धितो कर्जामा कडाई गरेसंगै यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको परिपत्र अनुसार राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरुको सेयर धितो लिएर कर्जा प्रवाह गर्न पाइनेछैन । यी बाहेक आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु, पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यावसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु, तथा कम्तीमा दुई सय ५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो लिएर बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा दिन पाउनेछैनन् ।
राष्ट्र बैंकले अघिल्लो दिन कार्यान्वयनमा ल्याएको यही परिपत्रको प्रभाव आज बिहिबार नेप्सेमा देखिएको छ । आज नेप्से सुचक तथा कारोवार रकम दुबै ओरालो लागेका छन् । भने लघुबित्त बाहेक सबै उपसमुहको सुचक रातै देखिएको छ । नेप्से आज २२ दसमलव सात अंकले घटेर दुई हजार ३२ दसमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव चार अंकले घटेर तीन सय ८५ दसमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ९५ वटा कम्पनीहरुको ६१ हजार छ सय चार पटकको कारोवारमा एक करोड ४१ लाख १४ हजार चार सय ६० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ७६ करोड ९८ लाख ९० हजार आठ सय १५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा उपसमुहको कारोवार हुँदा लघुबित्त समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । ती मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव चार अंकले घटेर १४ सय ९३ दसमलव २७ अंकमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३५ दसमलव ६९ अंकले घटेर नौ हजार छ सय ६३ दसमलव ४५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७४ दसमलव २७ अंकले घटेर १३ हजार दुई सय ५८ दसमलव नौ अंकमा पुगेकोमा बिकास बैंक, लघुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
आज महुली सामुदायिक लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९३ प्रतिसतले घटेर १४ सय ३९ रुपैयाँमा कारोवार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य भने सात दसमलव ५१ प्रतिसतले घटेर पाँच सय ९१ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोवार भएको छ । यो कम्पनीको आज एकै दिन १४ सय ९२ रुपैयाँ अन्तिम मुल्यमा ८० करोड २५ लाख ८३ हजार ६५ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया