बुधबार, वैशाख १०, २०८२

झापाको कुलेचोकमा सन्‌राइज बैंकको ५५ औं शाखा संचालन

नेपालखोज २०७७ पुष २ गते १८:२९

झापा। सन्‌राइज बैंकले झापाको भद्रपुर नगरपालिका १, पृथ्वीनगर कुलेचोकमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

शाखारहित बैंकिङ सेवा सञ्‍चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५५ पुगेको बैंकले जनाएको छ । बैंकले भद्रपुर नगरपालिका १, कुलेचोकमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गौरव लुइँटेललाई नियुक्त गरेको जनाएको छ ।

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सक्नेछन् । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया