बुधबार, वैशाख १०, २०८२

माछापुच्छ्रे बैंकको १० प्रतिशत लाभांश पारित

नेपालखोज २०७७ पुष २ गते १८:३१

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २२औं वार्षिक साधारणसभाले ७।०३ प्रतिशत बोनस र ३।३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ सञ्‍चित रहेको बैंकले जनाएको छ ।

साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र तथा सिर्जना कार्की भट्टराईलाई आगामी चार वर्षका लागि सञ्‍चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया