सोमबार, वैशाख ८, २०८२

प्रभु लाइफको आइपीओमा आवेदकको नयाँ रेकर्ड

नेपालखोज २०७७ पुष ३ गते ८:३७

काठमाडौं। सेयर बजारमा प्रभु लाइफ इन्स्योरेन्सको आइपिओले नयाँ रेकर्ड कायम गरेको छ । प्रभु लाइफको आइपिओको आवेदनले नयाँ रेकर्ड गरेको हो । यस कम्पनीको आइपिओ अहिले सम्मको धेरै १० लाख भन्दा बढीको आबेदकले आबेदन दिएर रेकर्ड भएको छ ।

एक वर्ष अघि सम्म अधिकतम ५ लाख आवेदन पर्ने गरेकोमा प्रभु लाइफको आइपीओमा साढे १० लाख आवेदन परेको छ। यस अघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो।

कम्पनीले मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँको आइपीओ बिक्रि खुल्ला गरेको थियो। कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र सामुहिक लगानी कोषका लागि ३ लाख कित्ता छुट्ट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको थियो।

५४ लाख कित्ता सेयर बिक्रि खुल्ला गरेपनि १० लाख ४४ हजार व्यक्तिले २ करोड ७७ लाख कित्ताका लागि आवेदन गरेका छन्। यो बिक्रि खुला गरिएको सेयर संख्याको ५ गुणा बढी हो।

५ लाख ४० हजार व्यक्तिले १०/१० कित्ता सेयर पाउँदा करिब ५० प्रतिशत आवेदकको हात भने खाली हुने छ ।

प्रतिक्रिया