मंगलबार, वैशाख ९, २०८२

कोरोनाका कारण यूईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द

नेपालखोज २०७७ पुष ४ गते ८:०९

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए) ले अर्को वर्ष हुने यू–१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ ।

कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो ।

अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन । यसअघि दुवै प्रतियोगिता मे महिनामा हुने तय थियो ।

प्रतिक्रिया