बुधबार, वैशाख १०, २०८२

२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

नेपालखोज २०७७ पुष ४ गते १६:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया