बिहीबार, वैशाख ११, २०८२

वासिङटनमा मार्च ३१ सम्म स्वास्थ्य संकटकाल

नेपालखोज २०७७ पुष ४ गते २०:२४

वासिङटन । अमेरिकाको वासिङटन डिसीमा स्वास्थ्य संकटकालको समयावधि लम्ब्याइएको छ । स्वास्थ्य संकटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

‘‘आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ,’’ कार्यालयका एक अधिकारीले भने । स्वास्थ्य संकटकाल लगाइएकोबारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।

विशेष गरेर क्रिसमस र नयाँ वर्ष मनाउनका लागि धेरै भिडभाड तथा चहलपहल हुने र त्यहीक्रममा कोरोनाभाइरसको संक्रमण थप फैलिने खतरा देखिएकाले संकटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ । विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो ।

कोरोनाभाइरसका कारण विश्वभरि अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी संक्रमित भएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया