बलिउड अभिनेत्री कंगनालाई बलात्कार र मार्ने धम्की

काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ट्वीटरमा एक भिडिओ सेयर गर्दै पछिलो १०र१२ दिनदेखि आफूलाई ध्यान मार्ने र बलात्कार गर्ने धम्की आएरहेको बताएकी हुन् ।
जसका कारण आफू मानसिक तनाव झेलिरहेको बताइन् । किसान आन्दोलनको कुरा उठान गर्ने क्रममा आफुमाथि यस्तो धम्की आएको उनको भनाइ छ ।
उनले भारतमा भइरहेको किसान आन्दोलनमा घुसपैठको आरोप लगाएकी छिन् । तर, आन्दोलनमा सहयोग गर्दै आएका प्रियंका चोपडा र दिलजीत दोसाँझमाथि गम्भीर आरोप लगाएकी छिन् ।
कंगनाले भिडिओमा भनेकी छिन्, “उनीहरुले बेला बेला आफ्नो देशभक्ति किन दर्शाउनुपर्छ ? जबकी प्रियंका चोपडा तथा दिलजीत जस्ता कलाकारलाई म उनीहको नियतिबारे कहिले केही सोध्न चाहदैंन्।”
उनले किसानले गर्दै आएको आन्दोलन राजनीतिबाट प्रेरित भएको भन्दै आतंकवादी घुसपैठ भएको बताइन् ।
“मैले वादा गरेको थिए कि, जब किसान आन्दोलनको फण्डा सार्वजनिक हुन्छ । जसरी शाहीद बागका बाहिरिएको थियो । त्यही दिन म बोल्नेछु । यो देशमा के प्रश्न गर्न मेरो अधिकार होइन् ? जबकी प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारिदिएका छन्। अनि किन आन्दोलन गर्नुपर्योरु यो सबै राजनीतिबाट प्रेरित छ। यसमा आतंकवादी पनि सहभागी छन्।” उनले भनिन्।
प्रतिक्रिया