राष्ट्र बैंक भाेली २१ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ६ गते अर्थात भोलि २१ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंककाअनुसार सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती पुस सात गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ चैत १० गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुने अवधि २०८७ असार तीन गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने
अवधि बिसं २०७८ साल पुस छ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही मंसिर ३० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया