सोमबार, वैशाख ८, २०८२

पछिल्लो राजनितिक घटनाक्रमले सेयर बजारमा भिषण पहिरो

नेपालखोज २०७७ पुष ५ गते १५:३३

काठमाडौ । सरकारले संसद बिघटन गरेसंगै यसको नकारात्मक असर नेप्सेमा परेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले नेप्से घट्दै गएको छ । सोही आधारमा साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ९६ दसमलव ८८ अंकले घटेर १९ सय ३५ दसमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १६ दसमलव ३९ अंकले घटेर तीन सय ६९ दसमलव ५५ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९८ वटा कम्पनीहरुको ७९ हजार नौ सय ६७ पटकको कारोवारमा एक करोड ४५ लाख नौ हजार पाँच सय ३३ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम नौ अर्ब चार करोड ७९ लाख २७ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा ११ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ४४ दसमलव ३३ अंकले घटेर १४ सय ४८ दसमलव ९४ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय २९ दसमलव ९९ अंकले घटेर नौ हजार एक सय ३३ दसमलव ४७ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि आज छ सय ६९ दसमलव ६१ अंकले घटेर १२ हजार पाँच सय ८८ दसमलव ४८ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेकाछन ।

आज युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८० प्रतिसतले बढेर तीन सय २५ रुपैयाँमा कारोवार हुंदा गुमाउने समुहमा परेको शुुर्योदय लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिसतले घटेर १२ सय ८७ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एकै दिन प्रतिकित्ता २१ सय पाँच रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब एक करोड ४५ लाख छ हजार सात सय ५३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया