सिभिल बैंकको एक्सटेन्सन काउन्टर चितवनमा
नेपालखोज
२०७७ पुष ५ गते २०:३९

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तनी गर्न सक्ने छन् ।

करीव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको बैंकले करीव ७० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया