बिहीबार, वैशाख ११, २०८२

युरोपेली राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

नेपालखोज २०७७ पुष ६ गते ९:५३

एजेन्सी । युरोपेली केही राष्ट्रले बेलायतमा यात्राको प्रतिबन्ध लगाएका छन् । बेलायतमा कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो ।

आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई उडान र यात्रामा प्रतिबन्ध लगाएका छन् । युरोपेली युनियनले यस विषयमा समन्वय गर्न आज बिहान छलफल गर्ने भएको छ ।कोरोनाको नयाँ सङ्क्रमण लण्डन र इङ्ग्ल्याण्डमा फैलिरहेको छ ।

यसलाई मध्यनजर गर्दै युरोपका धेरैजसो देशले लकडाउनको योजना सार्वजनिक गरेका छन् । बेलायतमा बढ्दै गएको कोरोना भाइरसको नयाँ सङ्क्रमणलाई कम गर्न लकडाउन गर्नु परेको बेलायती अधिकारीले बताएका छन् । बेलायतले पनि चौथो चरणको प्रतिबन्धात्मक नियम लागू गरेको छ ।
बेलायतले सबै नागरिकलाई घरमै बस्न भनेको छ । बेलायत सरकारले आउँदो क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया