मंगलबार, वैशाख ९, २०८२

रोनाल्डोलाई गोल्डेन फुटबल अवार्ड

नेपालखोज २०७७ पुष ६ गते ११:५४

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुटबल अवार्ड प्राप्त गरेका छन् । सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई वर्ल्ड च्याम्पियन्स क्लबले यो अवार्ड प्रदान गर्दै आएको छ ।

३५ वर्षीय रोनाल्डोलाई डिसेम्बर १ मै उक्त अवार्डको विजेता भनेर जानकारी गराइसकेको थियो र उनले झण्डै तीन सातापछि उक्त अवार्ड प्राप्त गरेका हुन् ।

‘म गोल्डेन फुटबल अवार्ड जित्दा र फुटबलका सर्वकालिक उत्कृष्ट खेलाडीहरुसंगै मोनाकोमा अमर हुन पाएको सम्मानित भएको छु,’ रोनाल्डोले अवार्डसँगै फोटो इन्स्ट्राग्राममा पोष्ट गर्दै लेखेका छन् ।

गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ । रोनाल्डोले यस अवार्डको १८औं विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउनेछन् ।

उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी समेत बने । अन्तर्राष्ट्रिय जर्नालिस्टहरुको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका फरवार्ड रोनाल्डोले अन्तिम भोटिङमा लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेइनी, नेमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सालाह र अर्टुरो भिदाललाई पछि पारे ।

सन् २००३ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड यसअघि १७ खेलाडीले पाइसकेका छन् ।

प्रतिक्रिया