बुधबार, वैशाख १०, २०८२

कमसल सुन धितो राखेर करोडौं कर्जा लिएको अभियोगमा महालक्ष्मी बैंकका शाखा प्रवन्धक सहित ६ जना पक्राउ

नेपालखोज २०७७ पुष ६ गते १४:२९

काठमाडौं । बैंकिङ कसूरमा संलग्न भएको अभियोगमा आधा दर्जन व्यक्तिहरु पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक वेद बहादुर पाण्डेका अनुसार काठमाडौको दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रिय कार्यालय रहेको महालक्ष्मी विकास बैंकसँग सम्वन्धीत कर्जा घोटाला प्रकरणमा आधा दर्जन व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा उक्त बैंकको ललितपुरको कुमारीपाटी शाखा प्रवन्धकहरु लगायत पुर्ण राई सहित छ कर्मचारी तथा ऋणहरु रहेका छन् । कर्मचारी एवं ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भई हाल सम्म सावाँ ब्याज सहित सात करोड ४२ लाख ६१ हजार सात सय ४३ रुपैयाँ ४२ पैसा रकम नतिरी हानी नोक्सानी पुर्याई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा छ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।

प्रवक्ता पाण्डेका अनुसार ऋणीहरुलाई मंसिर २६ गते र महालक्ष्मी बिकास बैंक कुमारीपाटी शाखाका शाखा प्रवन्धक र पुर्व शाखा प्रवन्धकहरुलाई यही पुस पाँच गते आईतबार बिभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर मुद्दा शिर्षकमा आवश्यक कानूनी प्रकिया अगाडी बढाइएको छ । प्रवक्ता पाण्डेका अनुसार खोटाङ घर भई ललितपुरको लगनखेल बस्ने ३२ बर्षिय ऋणी पुर्ण राई, खोटाङ नै घर भई ललितपुर बस्ने ४० बर्षिय ऋणी देवानन्द राई, धनकुटा घर भई ललितपुर बस्ने २५ बर्षिय ऋणी सन्दीप लिम्बु, काठमाडौको गौशाखा बस्ने शाखा प्रर्वन्धक ४२ बर्षिया स्मृती राना, कास्की घर घई काठमाडौको चन्द्रागिरी बस्ने ३९ बर्षिया शाखा प्रर्वन्धक पिंकु पालिखे र मोरंग घर घई ललितपुर बस्ने ३७ बर्षिया शाखा प्रर्वन्धक अनिस सिंह सिजापती रहेका छन् ।

प्रवक्ता पाण्डेका अनुसार पक्राउ परेकाहरु मध्ये तीन जनालाई ऋणीहरुलाई यही मंसिर २५ गते र शाखा प्रवन्धकहरुलाई यही पुस पाँच गते अर्थात आईतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्ने व्यक्तिहरुको नामावली

प्रतिक्रिया