संवैधानिक संकटका बावजुत पनि बढ्यो नेप्से

काठमाडौ । संसद बिघटन गरेसंगै उत्पन्न भएको संबैधानिक संकटका बावजुुत पनि नेप्से भने बढेको छ । अघिल्लो दिन झण्डै ९७ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार ३० दसमलव ३३ अंकले बढेर १९ सय ६५ दसमलव ९६ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव एक अंकले बढेर तीन सय ७६ दसमलव ५६ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुुई सय दुुई वटा कम्पनीहरुको ६४ हजार नौ सय ३८ वटा पटकको कारोवारमा एक करोड २३ लाख ८२ हजार चार सय ८२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ६९ करोड ८८ लाख ७४ हजार तीन सय ५४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव छ अंकले बढेर १४ सय ७० अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७५ दसमलव २५ अंकले बढेर नौ हजार दुुई सय आठ दसमलव ७१ अंकमा चढेको छ ।
जीवन बीमा समुहको सुचक पनि आज दुुई सय दुुई दसमलव ५५ अंकले बढेर १२ हजार सात सय ८१ दसमलव तीन अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन । टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेका छन ।
आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९० प्रतिसतले बढेर सात सय ७७ रुपैयाँमा कारोवार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८७ प्रतिसतले घटेर चार सय ८४ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २१ सय ३८ रुपैयाँ अन्तिम मुल्यमा ७२ करोड ८८ लाख ६९ हजार नौ सय १० रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया