बुधबार, वैशाख १०, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट

नेपालखोज २०७७ पुष ६ गते १८:१७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया