राष्ट्रिय सहकारी बैंकद्धारा दाङको तुलसीपुरमा शाखा बिस्तार
नेपालखोज
२०७७ पुष ७ गते ११:४०

काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो ५३ औं शाखा दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार उद्घाटन गरेका हुुन ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेलले सहकारी बैंकसंग समन्वय गरी काम गर्न उपमहानगरपालिका तयार रहेको बताए । उनले बैंकसँगको सहकार्यमा पालिकामा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न, बैंकको शेयर खरिद गर्न, सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निवारणमा योगदान गर्न सहकार्यका लागि आव्हान गरेका छन ।
सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको भन्दै वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया