बुधबार, वैशाख १०, २०८२

दुई सय सात वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जरमा सामेल

नेपालखोज २०७७ पुष ७ गते १४:०५

७ सय ५३ मध्ये ७ सय ४८ स्थानीय तहमा पुग्यो बाणिज्य बैंकहरुको शाखा

काठमाडौं । मर्जर तथा प्राप्ती प्रकृयामा सामेल हुुने बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल संख्या दुुई सय सात पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ कात्तिक मसान्तसम्म कुुल दुुई सय सात वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।

राष्ट्र बैंकका अनुसार यि मध्ये ५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् । यस अवधिमा कुल सात सय ५३ स्थानीय तहमध्ये २०७७ कात्तिकसम्म सात सय ४८ तहमा बाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन । सोही आधारमा अब बाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या पाँच मात्र रहेको छ । राष्ट्र बैकका अनुसार २०७६ कात्तिकसम्म सात सय ४१ स्थानीय तहमा बाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

चालुु आर्थिक बर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने एक सय ४६ वटा कायम भएको छ । जसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेकोमा २०७७ कात्तिक मसान्तमा नौ हजार नौ सय ३७ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बाणिज्य बैंकहरुको शाखा पुगेको स्थानीय तहको संख्या

(श्रोत नेपाल राष्ट्र बैंक)

प्रतिक्रिया