सोमबार, वैशाख ८, २०८२

नेप्सेमा उच्च अंकको बृद्धि

नेपालखोज २०७७ पुष ७ गते १५:२९

काठमाडौं । सोमबार ३० दसमलव ३३ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज पुुनः ९५ दसमलव ४६ अंकले बढेर दुुई हजार ६१ दसमलव ४१ अंकमा पुुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव १८ अंकले बढेर तीन सय ९१ दसमलव ७४ अंकमा पुगेको छ । नेप्सेमा आज दुुई सय पाँच वटा कम्पनीहरुको ५५ हजार सात सय २१ पटकको कारोवारमा एक करोड २७ लाख १७ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोेवार रकम छ अर्ब ७४ करोड सात लाख ४४ हजार चार सय ३२ रुपैयाँ पुगेको छ ।

मंगलबार १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव नौ अंकले बढेर १५ सय ४० दसमलव ९० अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय २७ दसमलव ७७ अंकले बढेर नौ हजार सात सय ३६ दसमलव ४८ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि नौ सय ५० दसमलव ९५ अंकले बढेर १३ हजार सात सय ४१ दसमलव ९८ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु बढेका छन ।

आज शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १८ सय २६ रुपैयाँमा कारोवार भएको हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव ९२ प्रतिसतले घटेर चार सय ३६ रुपैयाँमा कारोवार भएको छ ।

आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोवार भएको छ । यो कम्पनीको आज एकै दिन २३ सय ५१ रुपैयाँ अन्तिम मुल्यमा ८६ करोड ३६ लाख ८२ हजार सात सय ७५ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया