ग्लोबल बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग
नेपालखोज
२०७७ पुष ७ गते १९:१९

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरमा निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुुन ।
कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया