आइतबार, वैशाख ७, २०८२

पोको एक्स३ एनएफसीः वास्तविक मिडरेन्ज च्याम्पियन

नेपालखोज २०७७ पुष ७ गते २०:३०

काठमाडौं । पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश—लाइन डिजाईनमा उपलब्ध छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७००—सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी डेब्यू गर्दै पोको एक्स३ एनएफसीले अविस्मरणीय प्रदर्शनको गर्व गर्ने जुन एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको उनले बताए ।

फोनको १२०हर्ट्जं२४०हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध प्रायःफ्ल्यागशिपहरू भन्दा उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ ।

क्वालकम स्न्यापड्रैगन ७३२जीको प्रदर्शन

क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी मा चल्दै, पोको एक्स३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको सबैभन्दा दक्षतापूर्ण गेमरलाई पनि प्रभावित गर्ने र यसको लागि क्रायो ४७० अक्टा—कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ ।

स्थिर अपरेशन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्दछ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु—तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ ।

१२०हर्ट्जं२४०हर्ट्ज डिस्प्ले र स्टेरियो स्पिकरहरूको साथ इमर्शन

पोको एक्स३ एनएफसीमा एक शानदार इड्ज—टु—इड्ज ६.६७ इन्च एफएचडीं डट डिस्प्लेको साथ १२०हटर््ज रिफ्रेस रेट र २४० हटर््ज स्याम्प्लिङ्ग रेटको छ । गतिशील स्वीच फङ्सनले फोनमा उपयोग र स्क्रिनमा प्रदर्शित सामग्रीको ढाँचामा निर्भर हुँदै स्वचालित रूपमा ५०, ६०, ९० र १२० हर्ट्जको बीचमा स्विच गरेर शक्ति बचत गर्न अनुमति दिन्छ ।

२४० हर्ट्ज टच स्याम्प्लिङ्ग दरले अधिकांश प्रतिस्पर्धा पूर्णरुपमा हराउन अनुमति दिँदै फोनको असाधारण प्रदर्शन क्षमताहरूलाई थप सुदृढ गर्दछ । पोको एक्स३ एनएफसीले एक अत्यन्तै सन्तोषजनक प्रयोगकर्ता अनुभव प्रदान गर्दै हाल बजारमा उपलब्ध धेरै फ्ल्यागशिपहरू भन्दा बढि ३३५ छिटो प्रतिक्रियाको दावा गर्दछ । अत्यन्तै इमर्शन सुनिश्चित गर्न, यस उपकरण एक जोडी फ्लगशिप—ग्रेड स्टेरियो स्पिकरकोे साथ आउँदछ ।

६४एमपी एआई क्वाड क्यामेरा प्रणालीको फोटोहरू

पोको एक्स३ एनएफसीमा एक शीष—नोच रियर क्वाड—क्यामेरा प्रणाली छ जसमा ६४एमपी मुख्य क्यामेरा, १३एमपी अल्ट्रा—वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश रहेको छ ।

५१६० एमएएच र ३३ वाट्ट फास्ट चार्जिङ्ग

प्रयोगकर्ताहरूले यसको सबै आश्चर्यजनक सुविधाहरूको आनन्द लिन सक्दछन भन्ने ग्यारेन्टी गर्नको लागि पोको एक्स३ एनएफसी ५१६०एमएएच ९टाइप० ब्याट्रीले सुसज्जित छ जुन मध्यम प्रयोगमा दुई दिनसम्म टिक्छ । यो ह्यान्डसेटले ३० वाट्ट फास्ट चार्जिङ्गलाई समर्थन गर्दछ जसको मतलब केवल यो मात्र होइन कि यो ६५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ, तर केवल ३० मिनेटमा यो ६२५ सम्म चार्ज हुन्छ ।

पोको एक्स३ एनएफसी ६जीबीं१२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा रु ३१,९९९ मा उपलब्ध हुनेछ । यो मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर—डराज डट कम र सस्तो डिल मार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया