बिहीबार, वैशाख ११, २०८२

भारतको बंगालमा एक होटलमा युवतीको शव काटिएको अवस्थामा फेला

नेपालखोज २०७७ पुष ८ गते १५:०३

एजेन्सी। भारतको बंगालमा एक युवतीको काटिएको शिरसहितको शव फेला परेको छ । होटलमा एक कपलले दिउँसो एक रुम बुक गरेका थिए । उनीहरुले साँझ ७ बजे चेकआउट हुने बताएका थिए । जब साँझ ८ बजेसम्म कपल ननिस्किएपछि होटलको स्टाफले ढोका ढक्ढक्याउन थाले ।

भित्र ठूलो साउण्डमा टिभी बजिरहेको थियो । जब ढोका खुलेन तब, डुब्लीकेट चाबीले ढोका खोलियो । भित्र बेडमा लडिरहेको अवस्थामा युवतीको शव भेटियो ।

यो घटना भारतको पश्चिम बंगालस्थित कोलकताको हो । त्यहाँको न्यूटाउनको एक होटलमा मंगलवार राती टाउको छिनेको अवस्थामा एक युवतीको शव भेटिएको हो । दिउँसो अमित घोष र चुमकी घोषको नामबाट उक कपल बसेका थिए । आईडीकार्डका अनुसार उनीहरु दुबै जना मिदनापुरका थिए ।

त्यसबीचमै अमित फेरि आउँछु भन्दे बचिमै उठेर हिँडे तर उनी त्यसपछि फर्किएनन् । अहिले यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया