नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ९५ दसमलव ९६ अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन आज बुुधबार भने सात दसमलव चार अंकले बढेर दुुई हजार ६८ दसमलव ४५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २४ अंकले घटेर तीन सय ९० दसमलव ५१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुुई सय तीन वटा कम्पनीहरुको ५१ हजार तीन सय दुुई पटकको कारोवारमा एक करोड १५ लाख ५८ हजार नौ सय ९१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ८६ करोड २४ लाख ४५ हजार दुई सय १५ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव २७ अंकले बढेर १५ सय ६५ दसमलव १८ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ९४ दसमलव सात अंकले बढेको छ । सामुुहिक लगानी कोष समुहको सुचक भने सामान्य अंकले बढेको छ ।
बिकास बैंक समुहको सुचक भने आज १७ दसमलव ७६ अंकले घटेर २१ सय ७२ दसमलव ७६ अंकमा पुुग्दा जलबिद्युुत, निर्जिवन बीमा, लघुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।
आज नबिल बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर १४ सय ८९ रुपैयाँमा कारोवार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८६ प्रतिसतले घटेर तीन सय ९३ रुपैयाँमा कारोवार भएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आज सबै भन्दा बढी रकम कारोवार भएको छ । यो कम्पनीको आज एकै दिन प्रतिकित्ता २४ सय ४३ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४३ करोड ४४ लाख ९९ हजार चार सय ९३ रुपैयँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया