दुई दर्जन बाणिज्य बैंकले गरे लाभांस घोषणा, कुन बैंकको कति ? (तालिकासहित)

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण गत आर्थिक वर्षमा बाणिज्य बैंकहरुको खुद मुनाफा घटे पनि लाभांस बितरणमा भने बाणिज्य बैकहरुले कुनै कन्जुस्याईं गरेका छैनन् । धेरैजसो बैंकहरुले गत बर्षको खुद मुनाफा मध्येबाट कर प्रयोजनको लागि मात्र नगद लाभांस दिएको भएपनि बोनस सेयरको मात्रा भने उल्लेख्य रहेको छ ।
सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंकहरु मध्ये हालसम्म दुई दर्जन बाणिज्य बैंकहरुले गत आवको खुद मुनाफा मध्येबाट लाभांस बितरणको घोषणा गरिसकेका छन् । ती मध्ये सबै भन्दा बढी लाभांस नबिल बैंकको रहेको छ भने सेञ्चुरी कर्मसियल बैंकको सबैभन्दा कम रहेको छ । नबिलले गत आर्थिक बर्षको खुद मुनाफाबाट ३३ दसमलव ५ प्रतिसत बोनस र १ दसमलव ७६ प्रतिसत नगद समेत गरी कुुल ३५ दसमलव २६ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । हिमालयन बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट १४ प्रतिसत बोनस र ६ प्रतिसत नगद सहित कुुल २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । एनआईसी एशिया बैंकले भने १९ प्रतिसत बोनस र १ प्रतिसत नगद गरी २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट १३ प्रतिसत बोनस र ५ दसमलव ५० प्रतिसत नगद सहित कुुल १८ दसमलव ५० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । सरकारी स्वामित्वको कृषि बिकास बैंकले गत आवको खुद मुनाफाबाट १५ प्रतिसत बोनस र शुन्य दसमलव ७८ प्रतिसत नगद सहित कुल १६ दमसलव ७८ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ ।
एनएमबी बैंकले पनि १३ प्रतिसत बोनस र तीन दसमलव २० प्रतिसत कर सहित १६ दसमलव २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । ग्लोवल आईएमई बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट १४ प्रतिसत बोनस र २ प्रतिसत नगद सहित १६ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । यसैगरी बैंक अफ काठमाडौले पनि १३ प्रतिसत बोनस र तीन प्रतिसत नगद सहित १६ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । सरकारी स्वामित्वको नेपाल बैंकले पनि १२ प्रतिसत बोनस र ४ प्रतिसत नगद सहित १६ प्रतिसत लाभांस बितरणको घोषणा गर्दा सिद्धार्थ बैकले १२ प्रतिसत बोनस र ३ प्रतिसत नगद सहित १५ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । प्राईम कर्मसियल बैकले भने गत आवको खुद मुनाफा मध्येबाट १५ प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ ।
यी बाहेक कुमारी बैंकले १० दसमलव ८५ प्रतिसत बोनस र तीन दसमलव १५ प्रतिसत नगद सहित कुुल १५ प्रतिसत, सानिमा बैंकले १० प्रतिसत बोनस र तीन दसमलव छ प्रतिसत नगद सहित कुुल १३ दसमलव ६ प्रतिसत, मेगा बैंकले १० प्रतिसत बोनस र ३ दसमलव ५ प्रतिसत नगद सहित कुुल १३ दसमलव ५ प्रतिसत, स्टान्र्डड चार्टड बैंकले सात प्रतिसत बोनस र चार दसमलव ८४ प्रतिसत नगद सहित कुल ११ दसमलव ८४ प्रतिसत, लक्ष्मी बैंकले नौ प्रतिसत बोनस र दुई दसमलव २५ प्रतिसत नगद सहित कुल ११ दसमलव पाँच प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेका छन् ।
यसैगरी सिटिजन्स बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट आठ प्रतिसत बोनस सेयर तीन प्रतिसत नगद लाभांस सहित कुल ११ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ भने एभरेष्ट बैंकले पनि पाँच प्रतिसत बोनस सेयर र पाँच दसमलव ५३ प्रतिसत नगद लाभास कुल १० दसमलव ५३ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । यसैगरी एनसीसी बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट १० दसमलव २६ प्रतिसत बोनस सेयर शुन्य दसमलव ५४ प्रतिसत नगद सहित कुुल १० दसमलव ७० प्रतिसत लाभांस बितरढा गर्ने घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट सात दसमलव तीन प्रतिसत बोनस सेयर र तीन दसमलव ३७ प्रतिसत नगद सहित कुल १० दसमलव ४० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । प्रभु बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट १० प्रतिसत बोनस सेयर बितरणको प्रस्ताव गरेकोमा उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती गरिसकेको छ ।
सनराईज बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट पाँच दसमलव ८० प्रतिसत बोनस सेयर र दुुई दसमलव ४८ प्रतिसत नगद सहित कुुल आठ दसमलव २८ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । सेञ्चुरी कर्मसियल बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट पाँच दसमलव २५ प्रतिसत बोनस सेयर दुई दसमलव २५ प्रतिसत नगद सहित कुल आठ प्रतिसत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया