एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ ।
कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताईएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका हुुन् ।
बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृष्य बदल्दै डिजिटल प्लेटफर्महरुबाट ग्राहक अनुभव अभिबृद्धि गर्ने सेवाहरुमा दु्त गतिमा प्रगति हासिल गरिरहेको छ । हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो ।
यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।
प्रतिक्रिया