बिहीबार, वैशाख ११, २०८२

प्रतिनिधिसभा विघटनप्रति भारतको पहिलो प्रतिक्रिया – ‘हामीले नोट गरेका छौं’

नेपालखोज २०७७ पुष ९ गते २१:०३

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ । त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ ।

नेपालको पछिल्लो घटनाक्रममा भारतको के प्रतिक्रिया छ भन्ने सन्चारकर्मीहरुको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यस्तो प्रतिक्रिया दिएका हुन् । ‘नेपालको राजनीकि घटनाक्रमलाई हामीले नोट गरेका छौं । यो नेपालको आन्तरिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ,’ प्रवक्ता श्रीवास्तवले भने ।

प्रतिक्रिया