सोमबार, वैशाख ८, २०८२

साताको सेयर बजार : नेप्से दुुई हजार ३८ अंकमा, ३४ अर्ब ७१ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष १० गते १५:३१

काठमाडौं । यो साता सेयर बजारमा तिव्र उतारचढाव देखिएको छ । साताको सुरुवातमा नै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेसंगै यसको नकारात्मक प्रभाव सेयर बजारमा पर्यो ।

कोभिड-१९ को महामारीकाबिचमा पनि बिस्तार लय समात्दै गएको सेयर बजारमा संसद बिघटन भएसंगै पुन राजनीतिक संकट उत्पन्न आशंकाले जरा गाड्यो । लगानीकर्ताहरु सशंकित भए । सोही काररण हुन सक्छ, सुरुवाती कारोवार दिन सेयर बजारमा भिषण पहिरो गयो । यो पहिरोले साताको अन्तिम कारोवार दिनसम्म पनि केही हदसम्म जरा गाढी नै रह्यो । सोही आधारमा यो साता नेप्से दुई हजार ३८ दसमलव ६३ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ इन्डेक्स तीन सय ८६ दसमलव ७६ अंकमा पुगेर रोकिएको छ ।

दुुई सय पाँच वटा कम्पनीहरुको यो साता दुई लाख ९९ हजार नौ सय चार पटक कारोवार भएका छन् । जसबाट छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा केही अर्ब रुपैयाँले मात्र बढी हो ।

नेप्सेमा गत साता भने दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ५९ हजार दुई सय पाँच पटकको कारोवार भएका थिए । जसबाट चार करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो र अन्तिम दिने नेप्से घटे पनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन आईतबार नेप्से ९६ दसमलव ८८ अंकले घटेर १९ सय ३५ दमसलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव ३९ अंकले घटेर तीन सय ६९ दसमलव ५५ अंकमा झरेको थियो । सो पश्चात भने नेप्से बढेको थियो । जसमध्ये दोस्रो, तेस्रो र चौथो दिन नेप्से क्रमश ३० दसमलव ३३, ९५ दसमलव ४६ र सात दसमलव चार अंकले बढेका छन भने सेन्सिटिभ इन्डेक्स क्रमश सात दसमलव एक र १५ दसमलव १८ अंकले बढेका छन् ।

चौथो दिन भने सेन्सिटिभ इन्डेक्स एक दसमलव २४ अंकले घटेको थियो । अन्तिम दिन भने नेप्से २९ दसमलव ८३ अंकले घटेर दुई हजार ३८ दसमलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७४ अंकले घटेर तीन सय ८६ दसमलव ७६ अंकमा झरेको थियो ।

यो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी रकम कारोवार भएका छन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । बजार पुंजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेका छन् । सेयर सुचीकरण तर्फ भने यो साता युुनाईटेड मोदी हाईड्रो पावर कम्पनीको ४२ लाख कित्ता साधारण सेयर सुचीकृत भएको छ ।

प्रतिक्रिया