राष्ट्र बैंकले भोलि दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे
नेपालखोज
२०७७ पुष १२ गते १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार दुुई अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती पुस १४ तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत १७ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस १३ गते तोकिएको छ । यसअघि यही पुस छ गते पनि राष्ट्र बैंकले २१ अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया