४० अंकले झर्यो सेयर बजार, सबै समूह रातो

काठमाडौ । साताको पहिलो कारोवार दिन आईतबार सेयर बजारको परिसूचक नेप्से करिब ४० अंकले झरेर पुरै रातै भएको छ । नेप्से आज ३९ दसमलव ९८ अंकले घटेर १९ सय ९८ दसमलव ६५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ३३ अंकले घटेर तीन सय ८१ दसमलव ४३ अंकमा पुुगेको छ । दुुई सय चार वटा कम्पनीहरुको ४२ हजार आठ सय ४२ पटकको कारोवारमा ८२ लाख ५४ हजार सात सय आठ रुपैयाँको सेयर किनबेच हुुंदा कुुल कारोवार रकम चार अर्ब ६६ करोड ९३ लाख ६३ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव १२ अंकले घटेर १५ सय २४ दसमलव ३० अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३८ दमसलव ४५ अंकले घटेर नौ हजार तीन सय दुुई दसमलव ४९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच सय १९ दसमलव ४८ अंकले घटेर १३ हजार एक सय ८४ दसमलव ७० अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।
आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८१ प्रतिसतले बढेर चार सय १० रुपैयाँ पुग्दा सोल्टी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ८५ प्रतिसतले घटेर एक सय ९३ रुपैयाँमा पुगेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड ७० लाख ४१ हजार चार सय १९ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया