बुधबार, वैशाख १०, २०८२

नेपालमा जम्मा ६ हजार ७ सय ४९ जना कोरोनाका सक्रिय संक्रमित

नेपालखोज २०७७ पुष १२ गते १६:५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ ।

२४ घण्टामा देशभर ३ हजार ८सय २८ जनाको पिसिआर परिक्षण गर्दा ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७३१ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । हाल देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया