बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यागोडामा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहहरुलाई १५ प्रतिसत छुट र तीन हजार पाँच सय रुपैयाँमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।
यो सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यागोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा तीन हजार पाँच सय रुपैयाँमा (सर्तहरु लागु हुनेछन्) शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५ प्रतिशत छुट पाउने छन् ।
यल्लो प्यगोडा होटलले काठमाडौं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्रअमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका छन् ।
बैकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया