सोमबार, वैशाख ८, २०८२

नेप्सेमा सामान्य सुधार

नेपालखोज २०७७ पुष १३ गते १५:३९

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ३९ दसमलव ९८ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने आठ दसमलव ६७ अंकले बढेर दुुई हजार सात दसमलव २९ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १४ अंकले बढेर तीन सय ८२ दसमलव ५७ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १४ वटा कम्पनीहरुको ३६ हजार दुई सय ४५ पटकको कारोवारमा ७४ लाख ९७ हजार तीन सय ८४ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३४ अंकले बढेर १५ सय ३३ दसमलव ७५ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७५ दसमलव ३३ अंकले बढेर नौ हजार तीन सय ७७ दसमलव ८२ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि २९ दसमलव ६५ अंकले बढेर १३ हजार दुुई सय १५ दसमलव ३९ अंकमा पुगेको छ । यि बाहेक जलबिद्युुत, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । टे«डिङ, बिकास बैंक र अन्य समुहको सुचक भने आज घटेकाछन ।

आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९० प्रतिसतले बढेर चार सय ५५ रुपैयाँमा कारोवार हुुंदा सिद्धार्थ बैंक ऋणपत्र २०८२ को प्रतियुनिट सेयर मुल्य सात दसमलव ६० प्रतिसतले घटेर एक हजार ३४ रुपैयाँमा कारोवार भएको छ ।

आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मुल्यमा ३४ करोड ९१ लाख ८० हजार ५२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया