नेप्से साढे ५ अंकले बढ्यो, ४ अर्ब ९ करोडको कारोबार
नेपालखोज
२०७७ पुष १४ गते १५:३३

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले बढेको छ ।
बढेको बजार २०१२(८९ अंकमा पुगेर रोकिएको हो । आज २०९ कम्पनीको ८० लाख कित्ता सेयर खरिबिक्री हुँदा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज निर्जिवन बिमा समूहको सूचक ११.८५, उत्पादन १९५.९, माइक्रोफाइनान्स ११.३७ र अन्य समूहको सूचक ५०.०७ अंकले बढेको छ ।
बैंकिङ समूहको सूचक ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५ अंकले घटेको छ ।
त्यस्तै जलविद्युत् १८.७२, फाइनान्स २.१५, जीवन बिमा ७०.०२ र म्युचुअल फण्डको सूचक ०.०१ अंकले ओरालो लागेको छ ।
आज नागरिक लगानी कोषका लगानीकर्ताले बढी कमाएका छन् भने मल्टीपपर्स फाइनान्सका लगानीकर्ताले बढी गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया