बुधबार, वैशाख १०, २०८२

पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ६१३५ जनाको पिसिआर परीक्षण

नेपालखोज २०७७ पुष १४ गते १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ ।

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन् ।

मंगलबार मात्र ७ ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया