सुदूरपश्चिममा थपिए ५२ जनामा कोराना संक्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३९, डडेल्धुराको परीक्षणमा ३, बैतडीको परीक्षणमा ४, बझाङको परीक्षणमा ४ र अछामस्थित कमलबजार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १३ हजार ४ सय ५२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका मध्य १० हजार ९ सय ७ जना संक्रमण मुक्त भएर घर गएका छन् भने २ हजार ४ सय ९५ जनामा सक्रिय संक्रमित रहेका छन्।
हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ५० जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका २६, कञ्चनपुरका १०, डडेल्धुरा र बझाङका ३र३ जना, अछाम बाजुरा र दार्चुलाका २र२ जना तथा डोटी र बैतडीका १र१ जना रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा हालसम्म १ लाख ३१ हजार २ सय ८६ जनाको स्वाव परीक्षण गरिएकोमा १ लाख १७ हजार १ सय ८० जनामा कोरोना पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया