नेप्से करेक्सनको बाटोमा : ४९ अंकले बढ्दा चार अर्ब ४४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से करेक्सनको बाटोमा गएको छ । अघिल्लो दिन पाँच दसमलव ५७ अंंकले बढेको नेप्से साताको चौथो कारोवार दिन आज पुुन ४९ दसमलव १७ अंकले बढेर दुुई हजार ६२ दसमलव छ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ८६ अंकले बढेर तीन सय ९१ दसमलव ३० अंकमा पुुगेको छ ।
कुुल दुुई सय आठ वटा कम्पनीहरुको ३९ हजार नौ सय ३५ पटकको कारोवारमा ९९ लाख १० हजार तीन कित्ता सेयर किनबेच हुँदा आज कुुल कारोवार रकम चार अर्ब ४४ करोड ६२ लाख २२ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र बिकास बैंक समुहको सुचक क्रमश १९ दसमलव २८ र शुन्य दसमलव ७५ अंकले घटेका छन भने बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ६९ अंकले बढेर १५ सय ५४ दसमलव ६४ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि १४ दसमलव तीन अंकले बढेर १५ सय ७७ दसमलव ८९ अंकमा चढेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४६ दसमलव आठ अंकले बढेर नौ हजार पाँच सय ३६ दसमलव ४७ अंकमा चढेकोमा जीवन बीमा, लघुुबित्त, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन् ।
आज साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर पाँच हजार सात सय १० रुपैयाँमा कारोवार हुुँदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले घटेर चार सय ५० रुपैयाँमा कारोवार भएको छ । आज एकैदिन शिवम सिमेन्टको प्रतिकित्ता १५ सय ८० रुपैयाँ अन्तिम मुल्यमा ३४ करोड ४४ लाख ६९ हजार चार सय ७९ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया