नेपाल भेन्टिलेटर बैंकलाई फोनपे मार्फत सहयोग रकम हस्तान्तरण

काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोन पे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।
यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।
सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो ।
एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई थोरै भएपनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । ’
फोन पे सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोन पे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् ।
११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
६० भेन्टिलेटरलगायतका सघन उपचारका उपकरणहरूको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई सेवा प्रदान गर्दै आएको र १००० भन्दा बढि व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ । प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उदेश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेश, पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय सुरू गरिसकेको छ ।
प्रतिक्रिया