गरिमा विकास बैंकको आकर्षक पेशागत कर्जा, क–कसले लिन पाउँछन् ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आकर्षक पेशागत कर्जा ल्याएको छ । यो कर्जाबाट नेपालमा कार्यरत डाक्टर, पाइलट, इन्जिनियर, बीमा संस्थानका कर्मचारी, शिक्षकहरु, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरु र नेपाल सरकारका स्थायी कर्मचारीहरु लाभान्वित हुन सक्नेछन् । जसमा पन्ध्र लाख सम्मको कर्जा, दुर्घटना बीमा र जीवन बीमा रहेका छन् ।
बैंकको कर्जा नीति २०७२ बमोजिम हुने भए तापनि यो पेशागत कर्जाको लागि भने प्यान पत्र अनिवार्य रहेको हुनुपर्ने, किस्ता रकमको २.५० गुणा हालको खुद तलबले पुग्ने कर्जा रकम वा अधिकतम रु १५ लाख मध्ये जुन कम हुन्छ सोही बराबरको कर्जा रकम सर्त राखेको छ ।
व्याजदरको हकमा भने वार्षिक १४.५० प्रतिशत कायम गरेको छ । कर्जा भुक्तानीको अवधि पाँच वर्ष राखिएको छ । त्यस्तै सेवा शुल्क २ प्रतिशत र अग्रीम भुक्तानी शुल्क १.५० प्रतिशत हुने बैंकले जनाएको छ ।
यो योजनाबाट पाइने सुविधाहरुमा पन्ध्र लाखसम्मको कर्जा सुविधा, पन्ध्र लाखसम्मकै दुर्घटना बीमा एवं पन्ध्र लाखसम्मकै जीवन बीमा रहेका छन् ।
बीमा लेखमा लाग्ने शुल्कहरु बीमा कम्पनीको बिल अनुसार वार्षिक वा एकमुष्ट ग्राहकले तिर्नुपर्ने, अन्य बैंक तथा बित्तीय संस्थामा कर्जा लिएको हकमा भने सो कर्जा भुक्तानी गरी बाँकी तलबमा मात्र मासिक आयको रुपमा गणना गरिने पनि बैँकले जनाएको छ ।
कर्जाको रकम भने न्यूनतम तीन लाख कायम गरिएको छ । कर्जा दिँदा बैंकले अनिवार्य रुपमा कर्जावालाको बैंक स्टेटमेन्टको आधारमा मात्र आयको गणना हुने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया