सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात

काठमाडौं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक बनेको छ । बैंकले ग्राहकहरुमा समानरुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आजबाट आफ्नो मोबाइल बैंकिङ्ग एप्- सानिमा सजिलो ई–बैंकिङ्ग अपग्रेड गरेको हो ।
सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेभ ब्राउजरमा चल्ने हुुँदा, मोवाईल फोन, टयावलेट, ल्यापटप र कम्युटरबाट पनि चलाउन सकिनेछ । नयाँ भसर्नको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खातातथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्ने छन् ।
साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने छन् । त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्ने छन् ।
हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतःअद्यावधिक हुनेछ । स्वतःअद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अधावधिक गर्न सकिने छ । बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया