बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्री कप : प्रदेश १ विरुद्ध ब्याटिङ गर्दै लुम्बिनी

नेपालखोज २०७७ पुष १८ गते १३:४६

लमही । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले प्रदेश १ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो सेमिफाइनल खेल अन्तर्गत लुम्बिनी प्रदेशकी कप्तान नेरी थापाले टस जितेर पहिले ब्याटिङ रोजेकी छन् ।

प्रदेश १ ले लुम्बिनीविरुद्ध बलिङ गरिरहेको छ । आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्दै लुम्बिनी फाइनलमा आफ्नो स्थान बनाउने योजनामा रहेको छ । तर, बलियो प्रदेश १ विरुद्ध जित निकाल्न लुम्बिनीलाई सहज भने छैन ।

यता प्रतियोगिताको उपाधि दावेदार प्रदेश १ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने योजनामा रहेको छ । प्रदेश १ ले समूह चरणका तीनवटै खेलमा सहज जित निकाल्न सफल भएको छ । आजको खेलमा जित निकाल्ने टोलीले एपीएफविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया