भारतमा दुई खोपलाई एकैपटक अनुमति
नेपालखोज
२०७७ पुष १९ गते १३:४५

एजेन्सी । भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको को-भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अस्ट्राजेनिका खोपालई भारतको ड्रग रेगुलारिटी अथोरिटीले प्रयोगको अनुमति दिएको हो ।
भारतले यही वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । यही योजनाअनुसार अस्ट्राजेनिकाले पाँच करोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया