आइतबार, वैशाख ७, २०८२

धुम-४ मा ‘भिलेन’ बन्दै दीपिका पादुकोण

नेपालखोज २०७७ पुष २० गते १६:१०

काठमाडौं । बलिउडमा सबै भन्दा चर्चामा रहेको धुम चलचित्रको चौथो सिरिज बन्ने भएको छ । सन् २००४ मा सुरू भएको फिल्मको सिरिजले बक्स अफिसमा थुप्रै रेकर्ड तोड्दै आएको थियो । यसको सिरिज-४ पनि धेरैको पर्खाइको विषय बनेको छ ।

धुम-४ मा उदय चोपडा र अभिषेक वच्चन प्रमुख भूमिकामा हुनेछन् । यसअघिका सबै सिरिजमा पनि उनीहरूको नै मुख्य भूमिका थियो । अब चौथो सिरिजमा पनि उनीहरू मुख्य भूमिकामा हुने भएपछि भिलेन को बन्दै छरु भन्ने चासोको विषय बनेको छ ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंहलगायतका चर्चित सेलिब्रेटीको नाम चर्चामा थियो । तर, अहिले भने यस भूमिकामा अभिनेत्री दीपिका पादुकोण रहने बताइएको छ ।

दीपिका महिला भिलेनको रूपमा देखिनेछिन् । दीपिका उक्त फिल्ममा एक स्टाइलिस चोरको रूपमा देखिने बताइएको छ ।

धुमको पहिलो सिरिज सन् २००४ मा रिलिज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यस्तै २००६ मा धुम-२ बनेको थियो। जसमा ऋतिक रोशन र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । त्यसपछि धुम-३ लामो समयपछि आयो । जसमा आमिर खान मुख्य भूमिकामा थिए । उनले भने धुम नै मच्चाएका थिए ।

प्रतिक्रिया