थप ४०३ जनामा कोभिड-१९ को संक्रमण ७ जनाको मृत्यु
नेपालखोज
२०७७ पुष २० गते २०:३२
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट भएको चार हजार ४०१ जनाको नमुना परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६२ हजार २६२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको छ । यो सँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८८५ पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ५५ हजार ८८ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल नेपालमा पाँच हजार २८९ जनामा सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया