थप ५२२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
नेपालखोज
२०७७ पुष २१ गते १६:२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।
हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया