सेञ्चुरी बैंकद्वारा थप सात वटा नयाँ शाखा बिस्तार
नेपालखोज
२०७७ पुष २२ गते १२:३२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप सात वटा नयाँ शाखा बिस्तार गरेको छ । बैकले पुुस २१ गते मंगलबार आफ्नो सात वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको हो । सात वटा नयाँ शाखा बाँकेको कोहलपुर, मुस्ताङ्गको लेते, ललितपुरको बालकुमारी, काठमाण्डौंको कपन, नरेफाट र टोखा, र भक्तपुरको सुकुलढोका औपचारिक उद्घाटन गरिएको छ ।
यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ । चालु आवको असोज मसान्त सम्म बैंकले कुल निक्षेप ८२ अर्ब ४२ करोड र कर्जा रकम ६६ अर्ब ९३ करोड परिचालन गरी २२ करोड दुई लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
सम्बन्धित
प्रतिक्रिया