बिहीबार, वैशाख ११, २०८२

धितोपत्र बोर्डद्वारा ४६ वटा संस्थालाई योग्य लगानीकर्ताको रुपमा काम गर्न स्वीकृती प्रदान

नेपालखोज २०७७ पुष २३ गते १९:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४६ वटा संस्थाहरुलाई योग्य लगानीकर्ताको रुपमा काम गर्न स्वीकृती दिएको छ ।

बोर्डकाअनुसार संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन पेश गर्न सूचना आह्वान गरे अनुरुप ६२ संस्थाहरुले निवेदन पेश गरेकोमा ४६ वटा संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताकोरुपमा काम गर्न अनुुमती दिईएको हो ।

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मकरुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रियरुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको र वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेका छन् ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्षतथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा गरेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया